Breaking News
Home / अंतरराष्ट्रीय समाचार / नेपाल / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवसँग चिनीया प्रतिनिधिमण्डलको भेट
matrika yadav

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवसँग चिनीया प्रतिनिधिमण्डलको भेट

matrika yadavकाठमाडौं, २६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एडमिनिष्ट्रेसन ट्रेड एन्ड कमर्सका उपमन्त्री गान लिन(Gan Lin) नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ ।

सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा आज भएको भेटवार्तामा मन्त्री यादव र प्रतिनिधिमण्डलबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भयो । सो अवसरमा मन्त्री यादवले नेपाल राजनीतिक संक्रमण अन्त्य भइ आर्थिक समृद्धि र विकासमा मूर्तरुपमले अगाडि बढेको बताउनुभयो।

उहाँले चीनको आर्थिक विकासमा आफूलाई खुशी लागेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि पनि सहयोग गर्न आग्रहसमेत गर्नुभयो । मन्त्री यादवले गत वर्ष नेपाल सरकारको आपूर्ति मन्त्रालय र चीनको स्टेट एड्मिनिष्ट्रेसन फर इन्डस्ट्री एन्ड कमर्सबीच भएको उपभोक्ता अधिकार संरक्षणका विषयमा भएको सम्झौतालाई कार्यान्वयनमा गर्ने विषयलाई जोड दिनुभयो ।

उपभोक्ता हितका विषयमा दुई देशबीचका कानुनका विषयका जानकारी आदान प्रदान गर्ने र बजारलाई स्वास्थ्य बनाई राख्न निरन्तर छलफल हुनुपर्ने मन्त्री यादवले बताउनुभयो ।

त्यसैगरी चिनीया उपमन्त्रीले चीन–नेपालबीच हजारौं वर्षको मित्रवत् सम्बन्धलाई विस्तार गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले दुई देशबीचको सहकार्यले एकअर्काको भाग्य निर्माण हुने भन्दै आफ्नो देशले नेपालसँगको सम्बन्धलाई विशेष जोड दिएको बताउनुभयो । उहाँले बजार नियमन र उपभोक्ताका विषयमा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने र त्यस क्षेत्रमा नेपाललाई सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

About Abhinav Chaudhary

Check Also

Meeting

स्थानीय सरकारको कर नीतिले नागरिक समाजमा पारेको भूमिकाबारे वृहत छलफल

काठमाडौं । स्थानीय सरकारले जारी गरेको कर आतंक र यसले आमजनतामा पारेको प्रभावका विषयमा साउथ ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *