Breaking News
Home / अंतरराष्ट्रीय समाचार / ओलीको विषयलाई लिएर प्रदेश २ को संसदमै भयो यस्तो हंगामा
KP-oli-talking

ओलीको विषयलाई लिएर प्रदेश २ को संसदमै भयो यस्तो हंगामा

२५ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा प्रदेश २ को संसदमा हंगामा भएको छ ।प्रदेशसभा बैठकमा माओवादी सांसद जगत यादवले वाम गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको आलोचना गरे । उनले एक मधेस प्रदेश बनाउनु पर्ने र सशस्त्र समूहका नेताहरुलाई वार्तामा ल्याउनु पर्ने माग राखे ।KP-oli-talking

एमाले सांसद किशोरी साह कमलले प्रदेशसभामा प्रधानमन्त्रीको आलोचना हुन नहुने भन्दै ध्यानाकर्षण गराए ।

तर, उनीपछि बोलेका राजपा सांसद मनिष सुमनले पनि प्रधानमन्त्रीको आलोचना गरे । उनले संघीयता नचाहने व्यक्ति सत्तामा पुगेको तथा पटक पटक मधेसलाई अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गर्दा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले आपत्ति जनाए ।

राजपा महासचिव समेत रहेका सुुमनले बोहिरहँदा एमालेका सबै सांसदहरु उठेर विरोध गरे । मण्डलले प्रधानमन्त्रीको आलोचना रेकर्डबाट हटाउनु पर्ने माग गरेका थिए KP-oli-talking

About Abhinav Chaudhary

Check Also

Meeting

स्थानीय सरकारको कर नीतिले नागरिक समाजमा पारेको भूमिकाबारे वृहत छलफल

काठमाडौं । स्थानीय सरकारले जारी गरेको कर आतंक र यसले आमजनतामा पारेको प्रभावका विषयमा साउथ ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *