Home / स्थानीय समाचार / POLITICS / क्वीक भोलेन्टियर्सद्वारा बाढी प्रभावित ईलाकामा न्यानो लुगा वितरण
18029-20161221155810

क्वीक भोलेन्टियर्सद्वारा बाढी प्रभावित ईलाकामा न्यानो लुगा वितरण

पौष ,६ , २०७३

18029-20161221155810

बिर्तामोड । क्वीक भोलेन्टियर्सले जाडोमा न्यानो अभियान अन्तरगत बाढी प्रभावित परिवार तथा बालबालिकालाई टोपी, स्वीटर, ट्रउजरलागायतका कपडा निशुल्क वितरण गरेको छ ।

कनकाई नगरपालिका तुलसीबारी क्षेत्रका बाढी पिडीत तथा बालबालिका गरी १७ जनालाई भोलेन्टियर्सले बुधबार न्यानो कपडा वितरण गरेका हुन् ।

स्थानीय समाजसेवी भुपाल कार्की, रमेश दाहल, क्वीक भोलेन्टियर्स इटहरीबाट आएका सुमन खड्का र दीपक ठकुरीलगायतको टोलीले सात हजार मूल्य बराबरको उक्त न्यानो कपडा वितरण गरेको अभियन्ता दीपक दास जानकारी दिए ।

यस अघि नै उक्त क्षेत्रका बाढी प्रभावित १० घरलाई सिरक तथा डसना वितरण गरी सकेको पनि जनाइएको छ ।

अभियन्ता दासका अनुसार बिर्तामोडका सामाजिक संस्था क्रिएटिभ नेप्लिज युथ, फ्युचर स्टार युथ क्लब, हेल्पिङ्ग ह्याण्स नेप्लिज सर्कललगायतले तेह्रथुमका आगलागी पिडीतका लागि सहयोग संकलनको तयारी गरेका छन् ।

गत वर्षको महाभूकम्प देखि सामाजिक काम सुरु गरेको क्विक भोलान्टियरले गत वर्ष झैँ यस वर्षपनि “सबैलाई न्यानो अभियान” नामक अभियान सुरु गरेको छ |

यस अभियान अन्तर्गत हालसम्म १०० घरपरिवारलाई सिरक र डस्ना वितरणको काम भैसकेको छ | क्विक भोलान्टियरले पहिलो चरणमा भोक्राहा आगलागी पिडित २१ घर, इटहरी-४ स्थित भगवती टोलमा १ घर, टेंग्रा टोलिमा ६८ घर, इटहरी-७, भुर्किमा ९ घर, भरौल-५ मा १० घर र दुर्गापुर झापामा २ घरलाइ सबैलाई न्यानो अभियान अन्तर्गत सिरक र डस्ना वितरण भइसकेको र त्यसमा १५ जना एकल महिला र ५ जना एकल पुरुष रहेका यस अभियानका संयोजक सुमन खड्काले बताउनुभयो |

त्यस्तै क्विक भोलान्टियरका संयोजक अरुण खड्काले अघिल्लो वर्ष भूकम्प पिडितलाइ ५००० सिरक वितरण गरिएको र यो वर्ष १०००० सिरक वितरण गरिने बताउनु भयो | साथै यस अभियानका अर्का अभियान्ता निराजन खड्काले एक हप्ताभित्र १००० परिवारलाई न्यानो बनाइसक्ने गरि काम अघि बढिरहेको जानकारी दिनुभयो |

यस अघि पनि क्विक भोलान्टियरले बाढी पिडित र आवस्यकता देखिएका २९ ठाउमा स्वास्थ्य शिबिर र भोक्राहा आगलागी भएको ठाउँमा २२ घरका बालबालिकाहरुलाई शैक्षिक सामग्री समेत वितरण गरेको थियो | त्यस्तै केहि हप्ता अगाडी भरौल ५ स्थित सिता शिवाकोटीको घर समेत निर्माण गरिदिएको थियो |

नाम जस्तै जुनसुकै बेला जस्तोसुकै आपतकालीन अवस्थामा पनि  क्विक भोलान्टियरले तत्काल सहयोग गर्न सक्ने गरि संजाल बिस्तार भईसकेको यस अभियानका सह-संयोजक संजय चौधरीले बताउनुभयो | साथै उहाँले यस अभियानलाई सहयोग गरिदिनुहुन समेत सबैमा आग्रह गर्नुभयो

Check Also

USAID

USAID/FHI360 को सह्योग मा साप नेपाल द्वरा देश निर्माणमा नगरिक समाज को भूमिका बारे छलफल

  साउथ एशिया पार्टनरसिप–नेपाल (साप–नेपाल) ले USAID/FHI360 को सहयोगमा नागरिक समाजः पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तगत ...

One comment

  1. Thank you for news of quake volunteer

Leave a Reply

Your email address will not be published. Required fields are marked *