Home / अंतरराष्ट्रीय समाचार / नेपाल / जलवायु परिवर्तनसम्बन्धी गोष्ठी इटहरीमा

जलवायु परिवर्तनसम्बन्धी गोष्ठी इटहरीमा

Jalwayu parivartan sambandhi goshthiइटहरी, 04  जनवरी, 2018 : ।  जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले जलवायु परिवर्तनका कारण नेपाल पनि जोखिमपूर्ण बन्दै गइरहेकाले यसबाट बच्न सरकारी र गैरसरकारीसँगै स्थानीय तहले सचेत भएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । जनसङ्ख्या तथा वातावरण मन्त्रालयले प्रदेश १ को इटहरीमा आयोेजना गरेको जलवायु परिवर्तन व्यवस्थापनसम्बन्धी आज यहाँ आयोजित दुईदिने गोष्ठी उद्घाटनका अवसरमा उनले सो कुरा बताएका हुन्।
मन्त्री चौधरीले मानव जीवन नै समस्यामा पार्ने स्थिति आउन नदिन सरकारले जलवायु परिवर्तनको क्षेत्रमा संवेदनशील भएर काम गरिरहेकाले प्रदेश र स्थानीय तहले पनि यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता अाैँल्याएका हुन् ।
उक्त मन्त्रालयका सचिव प्रकाश माथेमाले वातावरण र जलवायु परिवर्तनमा आएको अति जोखिमपूर्ण अवस्थाले मावन सभ्यतामा नै प्रतिकूल प्रभाव परिरहेकाले सुन्दर भविष्य निर्माणका लागि अहिलेदेखि सचेत बनेर अघि बढ्न जरुरी रहेको बताए ।
मन्त्रालयका सहसचिव डा रामप्रसाद लम्साल, उपसचिव अरविन्द शर्मा, संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रमका उपनिर्देशक विजय सिंह र इटहरी उपमहानगरपालिकाको उपप्रमुख लक्ष्मी गौतम लगायतले जलवायु परिवर्तन तथा त्यसले मावन जीवनमा परेको अवसरका विविधि विषयमा चर्चा गरेका थिए ।
गोष्ठीमा झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लाका स्थानीय तहका पदाधिकारी वातावरणका क्षेत्रमा काम गर्दै आएका स्थानीय संघसंस्था, गैरसरकारी संस्थाका पदाधिकारीको सहभागिता छ।

Check Also

Bijay Distallary

विजय डिष्टीलरी ने रम पसंद करने वालोँ के लिए बाजार में उतारा नया ब्राण्ड‘ग्राण्ड मास्टर’

नेपाल के प्रतिष्ठित मदिरा उत्पादक कम्पनी जावाखेल ग्रुप ऑफ इंडस्ट्रीज के अन्तर्गत विजय डिष्टीलरी ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *