Breaking News
Home / स्थानीय समाचार / नबिल फाउण्डेशनद्वारा ३८० बालबालिकालाई शैक्षिक सामाग्री वितरण
dayaram-1

नबिल फाउण्डेशनद्वारा ३८० बालबालिकालाई शैक्षिक सामाग्री वितरण

dayaram-1नबिल फाउण्डेशनले नुवाकोटका पाँचवटा सामुदायीक विद्यालयका ३८० विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको  छ । शनिबार आयोजित एक कार्यक्रममा नबिल बैंकका संञ्चालक तथा नबिल फाउण्डेशनका अध्यक्ष दयाराम अग्रवालले नुवाकोट स्थित बोर्लाङ्ग भुमे निम्न माध्यमिक  विद्यालय, शान्ति बुद्ध आधारभूत प्राथामिक विद्यालय, शिवपुरी महादेव आधारभूत विद्यालय, नवदिप ज्योति आधारभूत विद्यालय र चाँपावोटे आधारभूत विद्यालयका  विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको हो । उहाँले ३८० जना विद्यार्थीहरुलाई कापी, कलम, ब्याग, लगायतका शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो ।

मानव धर्म सेवा समिति युवा संगठनको पहलमा भएको कार्यक्रमकमा शिवपुरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रुद्र गुरुङको उपस्थितिमा कार्यक्रकम सम्पन्न भएको थियो । कार्यक्रममा अन्य महानुभावहरुको पनि सहभागिता रहेको थियो । सामाजिक उत्तर दायीत्व अन्तर्गत यस्ता कार्य गरिँदै आएको नबिल बैंकका संञ्चालक तथा नबिल फाउण्डेशनका अध्यक्ष अग्रवालले जानकारी दिनु भयो ।

dayaram-2

Check Also

cricket tournament

युथ लेओपार्डसको सुपर सिक्सेज क्रिकेट टुर्नामेन्ट शुरु

राजविराज, ३ वैशाख । युथ लेओपार्डस सप्तरीका अध्यक्ष राहुल देवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *