Breaking News
Home / स्थानीय समाचार / POLITICS / मधेश बिकासमा पुर्वधार बिषय अन्र्तक्रिया कार्यक्रम
program-of-umon

मधेश बिकासमा पुर्वधार बिषय अन्र्तक्रिया कार्यक्रम

बिरगंज, पुस ५ ।

program-of-umon

मधेश बिकासमा पुर्वधार बिषय अन्र्तक्रिया कार्यक्रम आज ठाकुरराम बहुमुखि क्याम्पक बीरगंजमा सम्पन्न भएको छ । भारत दिल्लीमा अध्यनरत युनाईटेड मधेशी आफ नेपालका संस्थापक अध्यक्ष संजय यादव र सुर्यकिरण यादवको बिशेष उपस्थीतिमा सम्पन्न भएको कार्यक्रममा मधेशमा संचालनमा रहेको बिकास र त्यसको प्रभावको बारेमा चर्चा भएको थियो ।

कार्यक्रममा पूर्व पश्चिम रेल मार्ग ,निजगढ़ अंतराष्ट्रिये बिमानस्थल,तराई मा सामुदायिक अस्पताल हरुको बिग्रिदो अवस्था लगायतका बिषयमा बीरगंज का युवा हरु संग छलफल भएको थियो । अभियान्ता प्रकास प्रसाद थारु, कोशीस फाउनडेशनका मदन गुप्ता, बिधार्थी नेता आमोद यादव ,शिवजी प्रसाद सोनी,निखि वर्णवाल लगायतकाको सहभागीता रहेको थियो ।

यस अघि पूस ३ मा जनकपुरधामका जागरुक युवाहरुले मधेशको पूर्वाधार विकास निर्माणका विषयमा अन्तरक्रिया गरेका थिए । जनकपुरधामका जागरुक युवाहरुले मधेशको पूर्वाधार विकास निर्माणका विषयमा अन्तरक्रिया गरेका थिए। निर्माण हुन गइरहेको पूर्व–पश्चिम रेल मार्गका विषयमा युवाहरुले विशेष चासो राखेका थिए ।कार्यक्रम स्थानीय सामाजिक अभियंता एवं सक्रिय अधिकारकर्मी मोहम्मद रियाज़ साफीको संयोजनमा भएको थियो ।

सर्वेक्षण सम्पन्न भइसकेको रेल मार्ग मानव वस्तीभन्दा पनि जंगलबाट गइरहेकोप्रति ध्यानाकर्षण गर्दै युवाहरुले पूर्वपश्चिम रेलमार्ग मधेशको बस्ती भएर जानु पर्ने धारणा राखेका थिए ।

मधेशका सहरहरुलाई जोडेर गएको खण्डमा बजारको विस्तार तथा मानव आवागमनमा सहज हुने उनीहरुको भनाई थियो । जंगल फडानी गर्दै मानव बस्ती नभएको ठाउँबाट रेल मार्ग गए त्यसको प्रतिकार गर्ने प्रतिवद्धता पनि सहभागी युवाहरुले जनाए ।

त्यस्तै, हुलाकी राजमार्गको धनुषा र महोत्तरी क्षेत्रमा भइरहेको गुणस्तरहिन कामप्रति युवाहरुले चासो राखेका थिए । राजनीतिक दबाबका कारण धनुषामा हुलाकी राजमार्ग निर्माणमा अयोग्य व्यक्ति खटाइएकोप्रति युवाहरुको ध्यानाकषर्ण भएको थियो ।

राज्यले मधेशको विकास निर्माणलाई नजरअन्दाज गरेकोले राजनीतिक आन्दोलनसँगै विकास निर्माणका लागि पनि अभियान संचालन गर्नु पर्ने युवाहरुले बताएका थिए । समाजिक सञ्जालमार्फत गरिएको आह्वानबाट करिब ४६ जनाभन्दा बढी जागरुक युवाहरु छलफलमा सहभागी भएका थिए । निर्माण हुन गइरहेको पूर्व–पश्चिम रेल मार्गका विषयमा युवाहरुले विशेष चासो राखेका छन् ।

सर्वेक्षण सम्पन्न भइसकेको रेल मार्ग मानव वस्तीभन्दा पनि जंगलबाट गइरहेकोप्रति ध्यानाकर्षण गर्दै युवाहरुले पूर्वपश्चिम रेलमार्ग मधेशको बस्ती भएर जानु पर्ने धारणा राखेका थिए ।

मधेशका सहरहरुलाई जोडेर गएको खण्डमा बजारको विस्तार तथा मानव आवागमनमा सहज हुने उनीहरुको भनाई थियो । जंगल फडानी गर्दै मानव बस्ती नभएको ठाउँबाट रेल मार्ग गए त्यसको प्रतिकार गर्ने प्रतिवद्धता पनि सहभागी युवाहरुले जनाए ।

त्यस्तै, हुलाकी राजमार्गको धनुषा र महोत्तरी क्षेत्रमा भइरहेको गुणस्तरहिन कामप्रति युवाहरुले चासो राखेका थिए । राजनीतिक दबाबका कारण धनुषामा हुलाकी राजमार्ग निर्माणमा अयोग्य व्यक्ति खटाइएकोप्रति युवाहरुको ध्यानाकषर्ण भएको थियो ।

राज्यले मधेशको विकास निर्माणलाई नजरअन्दाज गरेकोले राजनीतिक आन्दोलनसँगै विकास निर्माणका लागि पनि अभियान संचालन गर्नु पर्ने युवाहरुले बताएका थिए । समाजिक सञ्जालमार्फत गरिएको आह्वानबाट करिब ४६ जनाभन्दा बढी जागरुक युवाहरु छलफलमा सहभागी भएका थिए ।

Check Also

cricket tournament

युथ लेओपार्डसको सुपर सिक्सेज क्रिकेट टुर्नामेन्ट शुरु

राजविराज, ३ वैशाख । युथ लेओपार्डस सप्तरीका अध्यक्ष राहुल देवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *