Breaking News
Home / स्थानीय समाचार / POLITICS / युथ लेओपार्डसको सुपर सिक्सेज क्रिकेट टुर्नामेन्ट शुरु
cricket tournament

युथ लेओपार्डसको सुपर सिक्सेज क्रिकेट टुर्नामेन्ट शुरु

राजविराज, ३ वैशाख ।

cricket tournament

युथ लेओपार्डस सप्तरीका अध्यक्ष राहुल देवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, राजविराज नगरपालिका वडा नम्वर ५ का अध्यक्ष समिर झा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । मङ्गलवारको खेल आयोजक लेओपार्ड र आरएन टाइगर तथा दोस्रो खेल सेभेन स्टार र फ्यान्स क्रिकेट क्लव बिच हुने आयोजक समितिका सुरेन्द्र यादवले जानकारी दिएका छन् ।

युथ लेओपार्डस सप्तरीको आयोजनामा सोमवारदेखि राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा राजविराज सुपर सिक्सेज क्रिकेट टुर्नामेन्ट शुरु भएको छ ।

tie sheet
उक्त क्रिकेट टुर्नामेन्टको उद्घाटन तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहले गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा शिब्स बोर्डिङ्ग स्कूलले टस जितेर फिल्डिङ्ग रोज्दै भारदह टिमलाई चुनौती दिँदै मैदानमा उत्रिए । भारदह टिमले ६ ओभरमा ५ विकेटको क्षतिमा ५७ रनको लक्ष्य दिए । बलिङ्गतर्फ बिवेक यादवले २ विकेट, अमित दास र रबिन सिंहले समान एक–एक विकेट लिए ।
शिब्सले ५.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्न सफल भए । जसमा नटआउट हुँदै विवेक यादव ३२ रन, विकासचन्द्र प्रकाश र निक्कु मण्डलले एक–एक विकेट लिए । खेलको म्यान अफ द म्याच विवेक यादव घोषित भए ।

Check Also

saroj Rai

सरोज राय लाई पाकिस्तानीले भिसा दिन अस्वीकार

साउदीअरबको जेलमा बन्दी जीवन बिताइरहेका धनुषा कमलामाई नगरपालिकाका उमेश यादवको रिहाइका लागि पहल गरिरहेका सामाजिक ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *