Breaking News
Home / अवर्गीकृत / वातावरण मन्त्रालयको आगामी कार्ययोजनाबारे छलफल

वातावरण मन्त्रालयको आगामी कार्ययोजनाबारे छलफल

mukhya

काठमाडौँ, ६ भदौ । जनसंख्या तथा वातावरण मन्त्रालयले आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा आज पूर्वमन्त्री तथा सचिवहरूसँग छलफल गरेको छ ।

 

वातावरण मन्त्री मिथिला चौधरीको पहलमा आज यहाँ भएको उक्त छलफलमा सहभागी पूर्वमन्त्री तथा सचिवहरूले मन्त्रालयले बनाउने कार्ययोजना कागजमै सीमित हुने गरेकाले र भोलि पनि त्यस्तै योजना नबनाउन आग्रह गर्नुभयो ।

सो अवसरमा पूर्वमन्त्री ठाकुर शर्मा, भक्तबहादुर बलायर, सुनील मानन्धर, जयदेव जोशी, पूर्व सचिव डा केशव भट्टराई, डा कृष्णचन्द्र पौडेल, विजय मल्लिक, कृष्ण ज्ञवाली, स्वयम्भूमान अमात्यले मन्त्रालयको कार्यक्रम जनतासमक्ष नपुग्ने गरेकाले त्यसतर्फ ध्यान दिन मन्त्री चौधरीलाई आग्रह गर्नुभयो ।

उहाँहरूले गत वर्षको बजेट मन्त्रालयको कुनै विभागमा ७५ प्रतिशतसम्म ‘फ्रिज’ हुनु दुःखद भएको बताउँदै बजेट खर्च गर्नेतर्फ मन्त्रालयको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

उहाँहरूले वैकल्पिक ऊर्जा प्रवद्र्धनमा जोड दिँदै काठमाडौँको प्रदूषण नियन्त्रण गर्न विद्युतीय सवारी साधनको संख्या बढाउन सुझाव दिनुभयो ।

उहाँहरूले वैकल्पिक ऊर्जा प्रवद्र्धनमा जोड दिँदै काठमाडौँको प्रदूषण नियन्त्रण गर्न विद्युतीय सवारी साधनको संख्या बढाउन सुझाव दिनुभयो ।

मन्त्रालयका कतिपय कार्यक्रम सेमिनार गोष्ठीमा सीमित बनेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँहरूले जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्न आग्रह गर्नुभयो ।

वतावरण संरक्षण कार्यक्रममा वैदेशिक ऋण लिन नहुने बताउँदै उहाँहरूले वन मन्त्रालयसँग कतिपय कार्यक्रम मिल्ने भएकाले सो मन्त्रालयसँग पनि समन्वय गरी काम गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा मन्त्री चौधरीले सुझाव स्वागतयोग्य भएकाले त्यसको कार्यान्वयन गर्न आफू प्रतिबद्धता रहेको बताउनुभएको
यसअघि मन्त्रालयका तर्फबाट सहसचिव रामप्रसाद लम्सालले मन्त्रालयको आगामी कार्ययोजनाबारे प्रस्तुति दिनुभएको थियो |

मन्त्री चौधरीले एही महिना भित्र वतावरण विज्ञ,वतावरण पत्रकार लगायत वतावरण क्षेत्र का सरोकर्वाला हरु सँग छलफल गर्ने बताउनु भयो|

Check Also

Grand Left Alliance

भारी विजय के बाद क्या वाम दल नेपाल में बेहतर शासन दे पाएंगे?

HARI BANSH JHA नेपाल में पहली बार लोकतांत्रिक रूप से चुनी गई वाम-मोर्चा सरकार जल्दी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *