Breaking News
Home / समाचार स्टेडियमों / विकिपिडियाको पहिलो राष्ट्रिय सम्मेलन- विकी क्याम्प नेपाल सफलतापूर्वक सम्पन्न
wikicamp

विकिपिडियाको पहिलो राष्ट्रिय सम्मेलन- विकी क्याम्प नेपाल सफलतापूर्वक सम्पन्न

लहान । सिरहा जिल्लाको लहान नगरपालिकामा जारी नेपालको विभिन्न भाषामा योगदान गर्ने सम्पादनकर्ताहरूको पहिलो सम्मेलन – ‘विकी क्याम्प नेपाल’ सम्पन्न भएको छ ।

 

wikicamp

लहानको होटल सिम्रिकमा मङ्सिर ६ देखि मङ्सिर ८ सम्म आयोजना गरिएको यस सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशबाट गरी ४२ जना विकिपिडियनहरूको सहभागिता रहेको थियो । नेपालमा बोलिने नेपाली, मैथिली, भोजपुरी, नेवारी, संस्कृत, डोटेली र सन्ताली भाषाहरूको विकिपिडिया समुदायबाट सहभागीहरूलाई खुला अनलाइन छात्रवृतिको प्रक्रियाद्वारा चयन गरी सहभागिता गराइएको हो । मैथिली विकिमिडियन्स र विकिमिडियन्स अफ नेपाल प्रयोगकर्ता समूहद्वारा संयुक्त रुपमा आयोजना गरिएको यस पहिलो सम्मेलनलाई ओपन नलेज फर अल नामक संस्थाले सहयोग गरेको थियो ।
तीन दिने यस सम्मेलनको उद्घाटन प्रदेश नं. २ को उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री माननीय सुरेश मण्डलले गरेका थिए । यस सम्मेलनको आयोजना सफलतापूर्वक सम्पन्न हुने विश्वास राखेर विकिपिडियाका सह-संस्थापक जिमी वेल्स, विकिमिडिया फाउन्डेसनकी कार्यकारी अधिकृत क्याथरिन माहेर, सन्तोस साह फाउन्डेसनका सन्तोष साह, नेपाली चलचित्र निर्देशक सौरभ चौधरी, प्रदेश नं.२ का सभासद मनिष कुमार सुमन, केशव देव फाउन्डेसनकी अन्नपूर्ण देवले भिडियो मार्फत शुभकामना सन्देस पठाएका थिए । नेपालका विभिन्न भाषामा रहेको विकिपिडियालाई कसरी नेपालमा बढी भन्दा बढी व्यक्तिको विचमा पुगाउने तथा नयाँ तथा पुरानो विकिपिडियनहरूलाई एक थलोमा जम्मा गर्ने उद्देश्यले यस सम्मेलनको आयोजना गरिएको आयोजक विप्लव आनन्द, पंकज कुमार देव, तुल्सी भगत तथा विजय चौरसियाले जानकारी गराएका थिए । यस सम्मेलनले नेपालमा विकिमिडिया अभियानलाई थप उर्जा दिने निष्कर्ष आयोजकलाई सहयोग गरेको संस्था ओपन नलेज फर अलका संयोजक संयोग देवले जानकारी गराए । प्रदेश नं. २ को राजधानी जनकपुरमा रहेको जानकी मन्दिरको सांस्कृतिक भ्रमण गराई सहभागीहरूलाई विदाई गरिएको थियो ।

Check Also

Grand Left Alliance

भारी विजय के बाद क्या वाम दल नेपाल में बेहतर शासन दे पाएंगे?

HARI BANSH JHA नेपाल में पहली बार लोकतांत्रिक रूप से चुनी गई वाम-मोर्चा सरकार जल्दी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *