Home / फैशन / ‘सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ दर्शन’ पुस्तक विमोचन

‘सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ दर्शन’ पुस्तक विमोचन

राजविराज, २७ चैत्र ।

pustak

देशकै प्रसिद्ध शक्तिपीठ सप्तरीको सखडेश्वरी छिन्नमस्ता भगवतीको रहस्य तथा विविध जानकारी समेटिएको ‘सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ दर्शन’ नामक मैथिली भाषामा लेखिएको पुस्तक मङ्गलवार एक समारोहका बिच विमोचन भएको छ ।
प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले मङ्गलवार राजविराजमा आयोजित एक सम्मारोहका विच पुस्तक विमोचन गरेका हुन् । विमोचन सम्मारोहमा बोल्दै मुख्य न्यायाधिवक्ता झाले प्रदेश सरकार पर्यटन क्षेत्र, साहित्य र समाचकेवा, झिझिया लगायत मिथिलावासीको संस्कृतिहरुलाई प्राथमिकतामा राखेर लेखक एवम् पत्रकार श्यामसुन्दर यादव अगाडि बढिरहेको बताए । लेखकले अधिकारप्राप्तिको आन्दोलनका साथै पत्रकारिताको माध्यमले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निभाउँदैआएको भन्दै आगामी दिनमा समेत सशक्त रुपमा कलम चलाउन सुझाव दिए ।

मुख्य न्यायधिवक्ता झाले कानून अभावका कारण प्रदेश २ को विकासीय सहितका मुद्दाहरु अघि बढ्न नसकेको भन्दै प्रदेशमा कानून निर्माणका लागि ‘कानून मस्यौदा सहजिकरण समिति’ गठन भईसकेकोले कानून निर्माणको प्रक्रिया द्रुत गतिमा अघि बढाइएको बताए । इतिहासविद् प्रा. डा. पिताम्बरलाल यादवले सप्तरीमा प्राचिन एवम् ऐतिहासिक स्थलहरु अझैं ओझेलमा रहेको भन्दै त्यसको संरक्षण सम्वद्र्धन गर्न प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । युवा पीढिका लेखक यादवले व्यापक अध्ययन अनुसन्धान गरी अगाडि बढिरहेको भन्दै उनले शुभकामना समेत दिए ।

पुस्तक विमोचन समारोहमा पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगा, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, निजामती कर्मचारीहरुको अधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा, मैथिली साहित्य परिषदका अध्यक्ष अशोक कुमार झा, , उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समितिका सखडाका कार्यवाहक अध्यक्ष रामनारायण यादव लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ सप्तरीका सचिव जितेन्द्र कुमार झाले गरे । सोही कार्यक्रममा पुस्तकका प्रकाशक मनोजकुमार मुन्धडाले प्रमुख अतिथि झालाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान समेत गरेका छन् ।

नेपालका पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष एवम् मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवद्वारा लिखित उक्त पुस्तकमा सखडेश्वरी छिन्नमस्ता शक्तिपीठको विविध जानकारीसहित सप्तरीको नामांकरण तथा विभिन्न धार्मिक–संस्कृतिक धरोहरबारे उल्लेख गरिएको छ । नेपाल टेलिभिजनका सप्तरी सम्वाददाता समेत रहनु भएको यादवको अघि दुई वटा पुस्तक प्रकाशित छन् ।

पुस्तकमा महिषासुर मर्दिनी स्तोत्रम्, देवीको ध्यान, देवी प्रार्थना, सप्तरी जनपद र सप्तरी जिल्लाको इतिहास लगायत अहिलेको अवस्था, छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको प्रतिमा, शक्तिपीठ घोषणा, शक्तिपीठको रहस्य, लालापट्टी र सकरपुराको गढी, दश महाविद्या पुजाको फल, छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको इतिहास सहितका विषयवस्तुहरु समावेश गरिएको छ । पुस्तकले छिन्नमस्ता भगवती मन्दिरको महत्व झल्काउनुको साथै छिन्नमस्तालाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न ठुलो मदत मिल्ने विश्वास व्यक्त गरे ।

Check Also

ram-navami-wishes-2

रामनवमी का महत्व

राम नवमी सबसे महत्वपूर्ण हिंदू त्योहारों में से एक है.हर साल इस दिन को भगवान ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *