Breaking News
Home / समाचार स्टेडियमों / हट एण्ड स्पाइसीद्वारा रक्तदान
hot and spicy t

हट एण्ड स्पाइसीद्वारा रक्तदान

hot and spicy

l यही मंसिर ७ गते शुक्रबार एस जे एस हट एण्ड स्पाइसी बहुउद्देश्यीय प्रा.लि. ले पोखरा, ड्यामसाइडस्थित हिमाली टोलमा कम्पनी र रेष्टुरेन्ट एउटै छानामुनि भएको १५० सिट क्षमताको भवन उद्घाटन गरेको अवसरमा कम्पनी परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा कार्यक्रम गरिएको हो ।

hot and spicy t

 

 

कार्यक्रममा हिमाली टोल विकास संस्था, स्थानीय क्लवका प्रतिनिधि, विद्यालयहरु तथा आमा समूहको उपस्थिति रहेको थियो । कार्यक्रममा टोल विकास संस्थाकी अध्यक्ष आत्मा तुलाचनले हट एण्ड स्पाइसी हिमाली टोलमा आएर टोलको मुहार नै फेरिएको बताइन् ।

 

 

कार्यक्रममा रेडक्रसबाट धु्रव लामिछाने लगायत स्थानीयहरुको उपस्थिति थियो । हट एण्ड स्पाइसीका सञ्चालक सेफ ज्ञान गुरुङले देओ र तिमीहरूलाई पनि दिइनेछ …(लूका ६ः३८) लाई थिम बनाएर व्यवसायमा अगाडि बढेको बताउँदैदश वर्ष विदेशमा रहेर पाँच तारे होटलमा काम गरी हासिल गरेको सीप र अनुभवलाई आफ्नै देशलाई कर्मथलो बनाउने उद्देश्य लिएर आफू र परिश्रमी युवाहरुलाई आत्मनिर्भर बनाउने अठोट लिई कम्पनी स्थापना गरेको जानकारी दिए ।

 

इमानदारीमा पनि बिजनेस गर्न सकिन्छ भन्दै गुरुङले हट एण्ड स्पाइसी व्यवसायमा मात्र नभएर सामाजिक क्रियाकलापहरुमा पनि यसरी नै सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए । एउटा सानो फास्ट फुड बर्गर कर्नरबाट सुरु भएको हट एण्ड स्पाइसी आज पोखराका १० ठाउँमा सञ्चालित हुनुका साथै अरु जिल्लाहरुमा पनि १० वटै शाखाहरु छन् ।

 

यसबाहेक हट एण्ड स्पाइसीले पार्टी प्यालेस सञ्चालन गर्नुका साथै भेडिलाल आइसक्रिमको इम्पोर्ट पनि गर्दछ ।

Check Also

Grand Left Alliance

भारी विजय के बाद क्या वाम दल नेपाल में बेहतर शासन दे पाएंगे?

HARI BANSH JHA नेपाल में पहली बार लोकतांत्रिक रूप से चुनी गई वाम-मोर्चा सरकार जल्दी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *