Home / स्थानीय समाचार / USAID/FHI360 को सह्योग मा साप नेपाल द्वरा देश निर्माणमा नगरिक समाज को भूमिका बारे छलफल
USAID

USAID/FHI360 को सह्योग मा साप नेपाल द्वरा देश निर्माणमा नगरिक समाज को भूमिका बारे छलफल

 

USAID
साउथ एशिया पार्टनरसिप–नेपाल (साप–नेपाल) ले USAID/FHI360 को सहयोगमा नागरिक समाजः पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तगत आज मिति २०७४ बैशाख ९ गते शुक्रबारको दिन साप फाल्चा बबरमहलमा नेपालको विकासमा नागरिक समाज संस्थाहरुको भूमीका विषयमा एक दिवसिय अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । उक्त अन्तरक्रिया कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संस्थाका सदस्य सचिव तथा कार्यकारी निर्देशक श्री नरेन्द्र प्रसाद जोशीले नेपालमा नागरिक समाज संस्थाले निकै उल्लेखनिय भूमीका खेलेको तर ब्यवस्थित अध्ययन, अनुसन्धान र प्रचार प्रशारको कमीले छवी राम्रा बनाउन नसकेको सन्दर्भमा अनुसन्धानमूलक अध्ययनको खांचो रहेको औल्याउनु भयो ।

 

कार्यक्रममा प्रा. आनन्द आदित्यले लोकतन्त्र र असल सुशासन प्रर्बद्धनकोलागि नागरिक समाज संस्थाहरुको योगदानको साथै मुद्दाहरुको बारेमा भनाई राख्नु भएको थियो । इन्सेकका अध्यक्ष, श्री सुबोध प्याकुरेल ले आर्थिक, सामाजिक र सांकृतक अधिकारको प्रर्बधनमा नेपालका नागरिक समाज संस्थाहरुको योगदान र आगामी भूमिकाकोबारेमा प्रस्तुती दिनुभएको थियो । डा. साकेत विहारी ठाकुरले समावेशी विकासमा नागरिक समाज संस्थाको योगदानकोबारेमा भनाई राख्नुभएको थियो । अर्का बक्त लैङ्गीक तथा समावेशी विज्ञ, श्री कन्चन लामाले नागरिक समाज संस्थाले लैङ्गीक विकासमा खेलेको भूमीका र वाइरलेस नेपालका उपाध्यक्ष श्री राजेन्द्र पौडेल आफ्नो संस्थाले दुर्गम जिल्लामा संचार प्रविधी विकासकोालगि पुर्याएकोे योगदानको विषयमा प्रस्तुती दिनुभएको थियो ।

 
उक्त अन्तरक्रिया कार्यक्रमका व्यवस्थापिका सांसद सदस्य डा. सुबोध पोखे्रल, पूर्व मन्त्री गणेश शाह, समाज कल्याण परिषदका उप निर्देशक श्री सञ्जय कुमार मल्लिक, प्रा.डा निरसिंह कुमार खत्री,FHI360 का सुभम अमात्य आदिले नेपालको विकासमा समाज संस्थाहरुले गरेका योगदानहरुको बारेमा चर्चा गर्नुको साथै अझै धेरै मुद्धाहरु नागरिक समाज संस्थाहरुले उठाउनु पर्नेमा पनि ध्यानाकर्ष गर्नुभएको थियो ।

Check Also

symposium

Symposium On Children and Development held in Kathmandu

11 April,2017;On the Day of Chaitra Full Moon Day,South Asia Partnership -Nepal and Pragya Foundation ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *